मधेशका मुख्यमन्त्री यादवविरुद्ध रिटको पेसी न्यायाधीश पाण्डेयको इजलासमा « Khabarhub

मधेशका मुख्यमन्त्री यादवविरुद्ध रिटको पेसी न्यायाधीश पाण्डेयको इजलासमा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा दायर रिटको पेसी न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै त्यस विरुद्ध एमाले बाहेक दलका ७४ सांसदले सर्वोच्चमा रिट दिएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइनसहितका नेताहरूले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर गर्न माग गरेका छन् ।

गत सोमबार एमाले संसदीय दलका नेता यादवले तत्कालीन प्रदेश प्रमुख भण्डारीसँग बर्दिबासको एक होटलमा नियुक्ति तथा शपथ लिएका थिए ।

सांसदहरुले संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार बन्ने सम्भावना रहँदारहँदै प्रदेश प्रमुखले ठूलो दलको नेतालाई नियुक्ति गर्नु खोटपूर्ण भएकाले बदरको माग गरेका छन् । 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : २१ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ