भीम रावल नेकपातिर लागेपछि कर्ण थापाले भने : अझै पनि नेताहरूलाई एमालेबाट खेद्‍न एउटा पंक्ति सक्रिय छँदैछ « Khabarhub

भीम रावल नेकपातिर लागेपछि कर्ण थापाले भने : अझै पनि नेताहरूलाई एमालेबाट खेद्‍न एउटा पंक्ति सक्रिय छँदैछ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वउपाध्यक्ष डा. भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा सामेल भएपछि नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गहिरो चिन्ता व्यक्त गरेका छन्।

थापाले बुधबार सामाजिक सञ्जालमा लेख्दै सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता अब पार्टीसँग नरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

थापाले पहिलो पुस्ता पार्टीबाट बिदा हुँदा पछिल्लो अर्थात् नयाँ पुस्ताको ठूलो हिस्सा पनि जोडिएको नदेखिएको टिप्पणी गरेका छन्। उनले भने, ‘बरू पार्टीमा भइरहेकाहरूलाई खेद्न एउटा पंक्तिको रहस्यमय सक्रियता रहेकै छ’, उनले दुखेसो गरेका छन् ।

थापाले दशकौंसम्म पार्टीका सहयोद्धा बनेका नेताहरू पार्टीबाट बाहिरिँदा मन चसक्क हुने बताएका छन् । पार्टीभित्र मतभिन्नता र आन्तरिक संघर्ष स्वाभाविक भए पनि नियोजित रूपमा सहकर्मीलाई पार्टीमा बस्न नदिने व्यवहार अस्वीकार्य रहेको उनले उल्लेख गरेका छन्।

‘अनेक समयमा पार्टीबाट बाहिरिने साथीहरूको मसँग कुनै गुनासो छ भने त्यसका लागि म क्षमा माग्न चाहन्छु, यस प्रदेशको एक अगुवाका हैसियतले’, उनले भनेका छन्।

थापाले प्रतिकूल समयमा ठूलो योगदान दिएका नेताहरू सहज परिस्थितिमा एक भएर देशको संकट समाधानमा जुट्नुपर्ने बताएका छन् । अहिले एमालेभित्र अराजनीतिक सोचले फुटको अवस्था ल्याएको टिप्पणी गरे।

‘अरूको अवसानमा आफ्नो भविष्य देख्ने परपीडक सोचले सबैलाई खरानी बनाउनेछ’, उनले भने । थापाले त्यसक्रममा राजनीतिक जीवनको लामो संघर्ष सम्झिए । ‘१६/१७ वर्षको कलिलो उमेरमै राजनीतिक काममा हामफालियो’, उनले भने, ‘देश देखियो, भोगियो तर यस पटकको जस्तो अभिमान र प्रतिष्ठाको लडाइँले जलेको देश कहिल्यै देखेको थिइन।’

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भीम रावलकै शैलीमा फरक मत राख्दै आएका उनले एमालेका सबै नेता, कार्यकर्ता र समर्थकलाई यथार्थको जगमा उभिएर दृढताका साथ पार्टीमा सक्रिय रहन भनेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : ५० बजे

सुनको मूल्यमा २४ सय रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोट– हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न