बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज  « Khabarhub

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज 


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। केही दिनअघि सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्यबारे विभिन्न हल्ला र निधनका झुटा समाचारहरू सामाजिक सञ्जालमा फैलिएपछि परिवारले एक आधिकारिक वक्तव्य जारी गर्दै धर्मेन्द्रको अवस्था स्थिर रहेको र उनी घरमै आराम गरिरहेको जानकारी दिएको छ। वक्तव्यमा परिवारले सबैलाई गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ।

भारतीय मिडिया अनुसार ,अस्पतालका वरिष्ठ चिकित्सक डा। प्रतीत सामदानीका अनुसार धर्मेन्द्रलाई बिहान  डिस्चार्ज गरिएको हो, र अब उनको उपचार घरमै निरन्तर जारी रहनेछ।

यसअघि धर्मेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत सबै भ्रामक समाचारहरूको खण्डन गर्दै धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएको र चिन्ता गर्नुपर्ने अवस्था नभएको बताएका थिए।

८० दशकदेखि बलिउडमा सक्रिय धर्मेन्द्रलाई दर्शकहरूले अझै पनि ‘हीम्यान अफ बलिउड’ भनेर चिन्ने गर्छन्। अहिले उनी परिवारसँग घरमै विश्राम लिँदै स्वास्थ्य सुधारतर्फ अग्रसर छन्।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ०२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम