प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन् « Khabarhub

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) छाडेर सबै नेताहरु नयाँ पार्टीमा आउने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले एमालेका सबै नेता नेपाली कम्युनिष्ट पार्टीमा आउने जिकिर गरेका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि उल्लेख गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दल समाहित भइसकेको बताएका छन् । ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्’, उनले भने ।

यही कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिस्ट नेपाली कम्युनिस्ट पार्टी बनेको हो । उक्त पार्टीमा बुधबार डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समाहित भयो । उता एमाले केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेकपामा प्रवेश गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : २९ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६