नेकपामा प्रवेश गर्दै प्रकाशबहादुर शाहले भने- हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै रहेछ « Khabarhub

नेकपामा प्रवेश गर्दै प्रकाशबहादुर शाहले भने- हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै रहेछ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाशबहादुर शाह बुधबार नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनी पूर्वउपाध्यक्ष डा. भीम रावलसँगै काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा औपचारिक रूपमा नेकपामा सामेल भएका हुन्।

पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्दै शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि तीव्र आक्रोश पोख्दै उनको दम्भ र अहंकार अझै परिवर्तन नभएको आरोप लगाए।

उनले भने, ‘मौसम र ऋतु बदलियो, तर केपी शर्मा ओलीको दम्भ, अहंकार र हुंकार बदलिएको छैन। देशभक्त नेता भीम रावललाई पनि पाखा लगाइयो ।’

शाहले ओलीमाथि जातीय र वर्गीय विभेदको आरोप लगाउँदै भने, ‘सामान्य परिवारको मान्छेलाई क्षत्रीको छोरो भनेर, महाधिवेशनमा अध्यक्ष पदमा लड्यो भनेर ओलीले भीम रावल जस्ता देशभक्त नेतालाई ठेगान लगा। जबजको चीरहरण गरे।’

उनले ओली नेतृत्वमा देशभक्तिको आवाज दबाउने र भ्रष्टाचारलाई बढावा दिने कार्य भएको आरोप पनि लगाए। ‘जेन-जीहरूले केही मागेका थिएनन्, भ्रष्टाचारले देश बर्बाद भयो, रोजगारी देऊ भनेका थिए, तर विद्यार्थीहरूलाई नरसंहार गरियो,’ उनले भने।

शाहले त्यस घटनाप्रति ओलीले आजसम्म न पछुताएको न खेद प्रकट गरेको बताए। ‘दुईतिहाइको प्रधानमन्त्री हेलिकप्टरमा चढेर भागे, अहिले गुन्डुको कुनामा लुकेर हुंकार दिँदै छन्। केपी ओलीमा कुनै परिवर्तन आएको छैन,’ उनले भने।

शाहले ओलीको अत्याचारविरुद्ध सबैजना जुट्नुपर्ने बताए । ‘अब हरेक अत्याचारविरुद्ध र देशको स्वाभिमानका लागि उठ्नुपर्ने बेला आएको छ। केपी शर्मा ओलीलाई अब सबैतिरबाट बिदा गर्न सक्नुपर्छ’, उनले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ४८ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो