मधेश सरकार गठनविरुद्ध विरोध प्रदर्शन जारी « Khabarhub

मधेश सरकार गठनविरुद्ध विरोध प्रदर्शन जारी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् । मधेश प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको भन्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै  उनीहरूले बुधबार पनि मधेश भवन अगाडि विरोध प्रदर्शन गर्दै धर्नामा बसेका हुन् ।

उनीहरूले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित नारावाजी गरेका छन् । सपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिस यादवले आफूहरूको विरोध प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए ।

प्रदेश प्रमुखलाई केन्द्र सरकारले पदमुक्त गरिसकेको अवस्थामा मुख्यमन्त्रीलाई समेत बर्खास्त गर्नुपर्ने उनले बताए । मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दा सर्वोच्चमा रहेकाले सर्वोच्चले संविधान अनुसार निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।

यसअघि मंगरबार मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलीय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध जनाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही नेताहरू घाइते भएका थिए ।

उक्त घटनापछि सात दलीय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए । ७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : १९ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको