भुटानको दुई दिने भ्रमण सकेर प्रधानमन्त्री मोदी स्वदेश फिर्ता « Khabarhub

भुटानको दुई दिने भ्रमण सकेर प्रधानमन्त्री मोदी स्वदेश फिर्ता


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्। दुई छिमेकी देशहरूबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले उनले भ्रमण तय गरेका थिए ।

थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नुअघि  मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका छन् ।
  
भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७० औँ जन्मजयन्ती को अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवको अवसरमा भएको जनाइएको छ ।

भ्रमणपछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूका नतिजाहरूले  द्विपक्षीय साझेदारीलाई गति दिने उनले बताएका छन् । 

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीलाई विदा गर्न एयरपोर्टमा आएका थिए भने प्रधानमन्त्री मोदीले उनलाई त्यहाँ सम्म पुगाउन आउनु भएकोमा धन्यवाद व्यक्त गरेका थिए । 
    
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा, चौथो ड्रुक ग्याल्पो, जिग्मे सिङ्गे वाङ्गचुक र भुटानी प्रधानमन्त्री सेरिङ तोब्गेसँग ऊर्जा, व्यापार, प्रविधि र लगायतका क्षेत्रहरूमा सहयोग बढाउन विस्तृत छलफल गरेको जनाइएको छ  । 

भ्रमणको प्रमुख उदेश्य १,०२० मेगावाटको पुनात्सांगचु–दोस्रो  जलविद्युत परियोजनाको संयुक्त उद्घाटन–भारत–भुटान ऊर्जा सहयोगमा र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सीमापार सम्बन्धको घोषणा रहेको जनाइएको छ । 

भ्रमणले आपसी विश्वास, सम्मान र साझा सांस्कृतिक मूल्यहरूमा निहित भारत र भुटानबिचको अद्वितीय र स्थायी मित्रतालाई मझभुत बनाउने जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : ३० बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने