‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश « Khabarhub

‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शीर्ष नायकलाई परिवर्तन गरी फिल्म ‘झिँगेदाउ २’ बन्ने भएको छ ।

नायक मुकुन भुसालको स्थानमा अर्का नायक महेश त्रिपाठीलाई लिएर निर्देशक ज्ञानेन्द्र देउजाले यो फिल्म बनाउने जानकारी दिए ।

देउजाले गत असारमै यो फिल्म बनाउने घोषणा गरेका थिए । त्यसबेला शीर्ष कलाकारमा मुकुन नै दोहोरिने बताइएको थियो । त्यस समय कलाकारको समय नमिल्दा यो फिल्मको छायाङ्कनमा निस्कन सकेको थिएन ।

मुकुनले समय निकाल्न नसकेको कारण उनको स्थानमा अर्को नायकलाई अनुबन्ध गर्नु परेको निर्देशक देउजाले बताएका छन् ।

‘झिँगेदाउ’ मुकुनको करिअरको सबैभन्दा बढी व्यापार गर्ने फिल्म मध्येको एक हो । तर, सिक्वेलबाट भने उनी बाहिरिएका छन् ।

फिल्मबाट आफ्नो बहिर्गमनको कारण समय व्यवस्थापनमा नै समस्या रहेको मुकुनले खबरहबलाई बताए । उनले भने, ‘मेरो समय मिलेन । केही समय कुर्नुभन्दा उहाँहरूले मान्नुभएन ।’

निर्देशक देउजाका अनुसार फिल्ममा अर्का नायक आर्यन सिक्देलको पनि प्रवेश भएको छ । नायिकाहरूमा केकी अधिकारी र आँचल शर्माले नै निरन्तरता पाएका छन् ।

मंसिर १५ देखि छायाङ्कनमा निस्कने तयारीमा निर्देशक देउजा रहेका छन् ।

कपनगढी सिनेमा प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

०८३ सालको दशैँमा फिल्म प्रदर्शनमा ल्याउने योजना रहेको निर्देशक देउजाले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : ४७ बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको