माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके « Khabarhub

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकता देखेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले होस गुमाइसकेको बताएका छन् ।

बुधबार मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलसहितलाई नेकपामा स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूहरू एकजुट हुँदा ओलीले होस गुमाइसकेको बताएका हुन् ।

नेपालले अझै पनि एकता प्रक्रिया जारी रहने बताएका छन् । यसअघि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले अझै अरू दल र नेता पनि मिसिने बताएका थिए ।

‘हाम्रो एकता र नेकपा निर्माण केहीको होस् गुमिसकेको होला । कसैले होस गुमाएर गालीगलौज गर्नु जरूरी छैन’, उनले भने, ’गाली गर्न छाडेर हामीलाई धन्यवाद दिए हुन्छ। मैले त बिगारेको कम्युनिस्ट आन्दोलनलाई तपाईंहरूले सपारेकोमा धन्यवाद दिन्छु भनेर प्रस्ताव पास गर्नु राम्रो हुन्छ। यदि त्यसो भएमा हामीलाई लागेको घाउमा मलहम हुनेछ ।’

नेपालले नेकपाको एकता अभियान नरोकिने पनि बताएका छन् । यसअघि नेता रावलले बिछोडको दिनको आलो घाउमा मलहम लगाएको जस्तो महसुस भएको बताएका थिए । पेरिसडाँडामा आयोजित कार्यक्रममा सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेपछि उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदाको बिछोडको आलो घाउमा मलहम लगाएको जस्तो महसुस भएको बताएका थिए ।

गत कात्तिक १९ मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । सह-संयोजकमा माधव नेपाल छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : १३ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री