भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा « Khabarhub

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावलले केपी ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिष्ट पार्टी पटक–पटक विभाजन भएको भन्दै अब ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका हुन् । 

रावलले एमालेमा रहेका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान समेत गरे । रावलले एक जनाको अहङ्कार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्सामा लागेर नेकपा ध्वस्त भएको बताए ।

उनले पार्टीको महाधिवेशनमा आफू मात्रै बोल्ने र समाप्त गर्ने ओलीको अभिव्यक्ति लोकतन्त्र विरोधी रहेको आरोप लगाए । रावलले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतलाई ओलीले पार्टीबाट निकाल्न खोजको दाबी गरे ।

आफ्नै पार्टीका नेताहरूलाई निकाल्न खोज्न व्यक्तिले घर फर्क भन्दै आह्वान गर्नु फटाहा कुरा भएको उनले बताए । 

रावलले कम्युनिस्ट पार्टीका नाममा कार्यकर्ता, नेता र देशलाई दिगभ्रमित गर्नेबाट जोगाउन बलियो कम्युनिस्ट पार्टी आवश्यक रहेको उल्लेख गरे । नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो पार्टी बनाउँदै देशको विकास र समृद्धिमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : १५ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६