अर्थसंक्षेप : सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता, २० अंकले घट्यो नेप्से र एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍यो ४२ प्रतिशत लाभांश « Khabarhub

अर्थसंक्षेप : सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता, २० अंकले घट्यो नेप्से र एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍यो ४२ प्रतिशत लाभांश


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

२० अंकले घट्यो नेप्से, १९८ कम्पनीको घट्यो सेयर मूल्य

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ । ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५४४.५९ बिन्दुमा पुगेको हो ।

आज भएको सेयर कारोबारमा १९८ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ४९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

राजश्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्नका लागि आगामी पुस ४ गते १३औँ वार्षिक साधारणसभा बोलाएको छ ।

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता : काटिएको लाइन जोडियो

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ।

पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

राना थारु ‘होमस्टे’मा आकर्षकण : वार्षिक तीन हजार पाहुनाको बास

बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान 

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ५७ बजे

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा