मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी « Khabarhub

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूतिसहित मानव अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मानव अधिकार संरक्षण सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन सम्बन्धी परामर्श कार्यक्रमको बुधबार उद्‌घाटन गर्दै उनले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सचेत रहन आग्रह गरे। 

त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानव अधिकार संरक्षण एवं सम्वर्द्धन प्रशासनले कुनै कमजोरी हुन नदिने उल्लेख गरे। 

सो कार्यक्रममा प्रशासनिक अदालतका पूर्व अध्यक्ष काशीराज दाहालले ‘आयोगको सिफारिस कार्यान्वयनको स्थिति’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा आयोग स्थापना देखि हालसम्म १३ हजार उजुरी परेकामा एक हजार ६८८ फछर्यौट भएको र आयोगले सरकारलाई गरेको सिफारिसमा १३ प्रतिशत पूर्ण कार्यान्वयन, ३४ प्रतिशत आंशिक र ५१ प्रतिशत कार्यान्वयन नभएको उल्लेख छ ।
 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : १९ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको