मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ « Khabarhub

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । 

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गर्ने आदेश गरेको हो । 

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
    
आदेशमा भनिएको छ, ‘प्रकृति एवं गाम्भीर्यता समेतलाई विचार गरी दुवै पक्षबीच छलफल गरी दुवै पक्षलाई राखी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफल प्रयोजनार्थ मिति २०८२-७-३० गतेको पेसी तोकी सोको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नु ।’

अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी यही कात्तिक २३ गतेको निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी सम्पूर्ण कागजातसहितको फाइल झिकाउन भनेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : २४ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको