फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा  « Khabarhub

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा 


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएकी थिइन् । अनुसन्धानका क्रममा सो प्रमाणपत्र नक्कली र झुट्टा भएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

निरौला विसं २०५५ मा अस्थायी रूपमा नियुक्त भई २०७५ साल चैत २८ गते स्थायी नियुक्ति लिई हालसम्म सोही विद्यालयमा कार्यरत रहेको पाइएको आयोगले जनाएको छ । 

नक्कली शैक्षिक योग्यताको आधारमा सरकारी सेवा, तलब, भत्ता र अन्य सुविधा प्राप्त गरेको ठहरसहित आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवानाको सजायमागगर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : २८ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको