बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ « Khabarhub

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे मंसिरमा केन्द्रदेखि वडासम्मका सबै कार्यसमिति भंग गर्ने विकल्प प्रस्तुत गरेका छन्। असोज २८ देखि जारी केन्द्रीय समितिमा बुधबार नेता केसीले पार्टी एक भएर चुनावमा जाँदासमेत जनतालाई अघिल्लोपटकको म्यान्डेट पूरा गर्न नसकेको जवाफ दिन कठिन रहेको बताए।

‘अहिले विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन नै समाधान बन्ने हो । हस्ताक्षरसहितको प्रस्ताव दर्ता भइसकेको हुँदा कार्यवाहक सभापतिले उनीहरूलाई प्रतिनिधित्व गर्नेहरूसँग वार्ता गर्नुस्, सक्नुहुन्न भने अन्तिममा शेरबहादुरजीलाई नै बोलाउनुस्,’ नेता केसीले भने, ‘विशेष महाधिवेशनका लागि कुनै कार्यविधि नभएको हुँदा महाधिवेशन हलमा गएर समझदारी हुन्छ भन्ने मलाई लाग्दैन। नियमित महाधिवेशनमा जान सकिँदैन भने केन्द्रदेखि वडा तहसम्मका कार्यसमिति विघटन गरौँ।’

उनले केही पनि गर्न नसकिए विघटन अन्तिम विकल्प हुने बताए। अहिले पार्टी विधान भनिरहेका महामन्त्रीहरूलाई उनले अहिलेसम्म विधान किन चाहिएन भन्दै प्रश्न गरे। केसीले अहिलेको परिस्थितिमा टिकटको आश्वासन बाँडिसकेको संस्थापन पक्षलाई सबैभन्दा धेरै प्रेसर परेको भन्दै अहिले अर्को पक्ष पनि प्रेसरभन्दा बाहिर नरहेको बताए।

उनले अहिलेको सरकारले निर्वाचन गराउन सक्ने लक्ष्य नदेखाएको पनि बताए। चुनाव गराउन देखिएका चुनौती पहिचान गरेर कांग्रेसले ठोस विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। जेनजी आन्दोलनमा सरकारको नेतृत्वमा रहेको एमाले नै चुनावका लागि तयार नदेखिएकाले पनि चुनावको वातावरण नरहेको तर्क उनको छ।

‘एमाले, जेनजी, भागेका कैदी, लुटिएका हतियार, सीके राउत र दुर्गा प्रसाई निर्वाचनका चुनौती हुन्,’ केसीले भने, ‘यी सबैलाई विश्वासमा राख्न कांग्रेसले भूमिका खेल्न सक्यो भने मात्र देश चुनावमा जान सक्छ।’

अन्योल र अनिश्चिततामा जेनजीका माग सम्बोधन नहुने भन्दै उनले संसद् पुनर्थापना गरी निर्वाचनमा जाँदा चुनौती घट्ने तर्क गरे।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : ४६ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल