मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई « Khabarhub

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार, मृतक सुनसरीको धरान घर भएका करिब ६५ वर्षीय आनन्द राई हुन्। उनी यसअघि मिति २०८२ साल भदौ २९ गते झापा, दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक वेवारिसे अवस्थामा फेला परेपछि मानव उद्धार सेवा केन्द्र महारानिझोडामा राखिएका थिए।

आज दिउँसो राई सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन्। मृतकलाई मुटु, कलेजो (लिभर) र पीलिया (जन्डिस)को समस्या रहेको तथा केही समयअघि हर्नियाको अपरेसन समेत गरिएको प्रहरीले जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : २५ बजे

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बागमती– बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

कञ्चनपुर– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका