पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु « Khabarhub

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन्।

दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो। पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो।

“हामीसँग ३७ जनाको मृत्यु भएको र २४ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” अरेक्विपाका क्षेत्रीय स्वास्थ्य प्रबन्धक वाल्थर ओपोर्टोले भने । लामोसस कम्पनीले सञ्चालन गरेको बस कारवेली प्रान्तको चालाबाट अरेक्विपातर्फ जाँदै थियो। बसमा ६० जना यात्रु सवार थिए ।

स्थानीय मिडिया रिपोर्टका अनुसार आपसमा दुई सवारी साधन ठक्कर खाएपछि गाडी लगभग २०० मिटर (६५० फिट) गहिरो खोँचमा खसेको थियो भने पिकअप ट्रक सडक नजिकै पल्टेकोे थियो ।

अत्यधिक गति, खराब सडकको अवस्था, ट्राफिक सङ्केतको अभाव र अधिकारीहरूको कमजोर कार्यान्वयनका कारण पेरूमा ट्राफिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : २७ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी