पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’ « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । 

रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा  सो प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्पका म्याराथनअन्तर्गत धावकहरु इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म ४४.२ किलोमिटर दूरीमा दोडनेछन् । 

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन् । प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले रु ३० हजार प्रदान गरिने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।

त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागिसमेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु पाँच हजार पाउने छन् । 

“जिल्लाको पूर्वाधार विकासँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, क्लबका कार्यक्रम निर्देशक रिमालले भने, “कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पुर्‍याउने विश्वास लिएका छौँ ।”

लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने ‘रेडपाण्डा म्याराथन’ मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको समेत सहभागिता रहने रेडपाण्डा नेतवर्कका कार्यक्रम निर्देशक वाङचु भुटियाले जानकारी दिए । 

म्याराथन प्रतियोगिताका लागि सन्दकपुर गाउँपालिकाले मार्ग अन्तर्गतको सडक मर्मत सुरु गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए। 

‘पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रै पालिकामा म्याराथन प्रतियोगिता हुँदैछ’, अध्यक्ष गुरुङले भने, ‘यसले सन्दकपुर गाउँपालिकाको मात्र नभई समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ ।’

सन्दकपुर गाउँपालिका–२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ ३६३६ मिटर उचाइमा पर्छ । सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न चार वटा देश नेपाल, भारत, भुटान र चीनका हिमालहरू देख्न सकिन्छ । 

यसअघि रेडपाण्डा दिवसको अवसरमा  भदौ ५ गते प्रतियोगिता तय गरिए पनि अन्तिम सयमा बर्सातका कारण स्थगित भएको थियो । 
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ४९ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने

अमेरिका-इरान सम्झौता भाँड्ने प्रयासमा इजरायली प्रधानमन्त्री नेतन्याहू

जेरूसेलम- इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू अमेरिका र इरानबीच भएको अन्तिम

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं– सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण