विधान संशोधन प्रस्ताव आए प्रतिवाद गर्छौं : उपाध्यक्ष शाक्य « Khabarhub

विधान संशोधन प्रस्ताव आए प्रतिवाद गर्छौं : उपाध्यक्ष शाक्य


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीबाट भइरहेको आफूअनुकूल विधान संशोधन प्रयास पार्टीको हितविपरीत हुने बताएकी छिन्।

उनले शुक्रबार सचिवालय बैठकमा पदाधिकारी स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यको संख्या थप्न विधान संशोधन संशोधन प्रस्ताव आउन लागेको सन्दर्भमा यस्तो बताएकी हुन् ।

शाक्यले आफूअनुकूल विधान परिवर्तन गरेर पार्टीलाई घाटा लगाउने काम नेताहरूले गर्न नहुने बताउँदै यसको प्रतिवादमा उत्रिने बताएकी छन् ।

‘त्यत्रो दोस्रो विधान महाधिवेशन गरेर बनाइएको विधानलाई केही महिनामै आफू कमजोर भएपछि अनुकूल बनाउन परिवर्तन गर्छु भन्न पाइँदैन । यदि यस्तो प्रस्ताव आजको सचिवालय बैठकमा गए हामी त्यसको प्रतिवाद गर्छौँ’, शाक्यले खबरहबलाई भनिन्, ‘भोलि महाधिवेशन हुँदैछ, आज विधान संशोधन रहने प्रस्ताव आउनु कतिको जायज छ, यहाँहरुले पनि मूल्याङ्कन गर्ने कुरा हो। पक्कै पनि अध्यक्ष यो बाटोमा जानुहुन्छ भन्ने मलाई लागेको छैन।’

एमालेमा अध्यक्ष ओली पक्षले केन्द्रीय कमिटी, स्थायी कमिटी र पदाधिकारीको सङ्ख्या थप्नका लागि विधान परिवर्तन गर्न लागेको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ११ : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन