प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल भन्छन् : अहिले केपी ओलीको विकल्प छैन « Khabarhub

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल भन्छन् : अहिले केपी ओलीको विकल्प छैन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको आगामी ११ औँ महाधिवेशनमा केन्द्रीय सदय पदमा उठ्ने तयारी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका अर्यालले यसपटक पार्टीमा आफूलाई प्रेस चतारीबाट केन्द्रीय सदस्यका रूपमा हेरेको बताए। अर्यालले पार्टीमा निरन्तरता र निष्ठाका आधारमा यसपटक केन्द्रिय सदस्यको स्वभाविक दावेदार रहेको बताए ।

शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रेस चौतारी नेपाल पार्टीको एउटा सशक्त जन संगठन भएपनि नीति निर्माण गर्ने केन्द्रमा प्रतिनिधित्व नभएकोले यसपटक अघि बढेको बताए ।

चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको दाबेदार रहे पनि नेतृत्वको आग्रहका कारण उनले पछि हट्नु परेको थियो। त्यसबेला नेतृत्वले मनोनित गर्ने वचन दिएको थियो ।

अर्यालले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको बताउँदै भने, ‘म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।’

प्रेस चौतारी नेपालको सफल अध्यक्षको छवि बनाएका अर्यालले उपत्यका बिशेष प्रदेश कमिटीको सचिवालय सदस्य, गुल्मी काठमाडौ सम्पर्क मञ्चको अध्यक्ष , अनेरास्ववियु गुल्मी काठमाडौ सम्पर्क कमिटी अध्यक्ष, अनेरास्ववियु गुल्मी सचिवालय सदस्यका रुपमा जाम गरिसकेका अर्यालले पछिल्लो पटक गुल्मीको भूगोलमा रहेर खटिरहेका छन् ।

अर्याल प्रेस चौतारीको अध्यक्ष भएको बेला चौतारीले पत्रकारहरूको साझा मोर्चा तथा संस्था नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियोहरूको संगठन सामुदायिक रेडियो प्रशारक संघ, रेडियो सञ्चालकहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), टेलिभिजनकर्मीको संगठन, महिलाको संगठन सञ्चारिका समूह, आदिवासी जनजाति पत्रकारको संगठन नेपाल आदिवासी जनजाति महासंघ लगायतमा चौतारीले जितेको थियो ।

अहिले पार्टीमा अध्यक्ष केपी ओलीको विकल्प नरहेको उनले बताए । ‘विभिन्न कारणले गर्दा देशमा देशको यो संकटपूर्ण स्थितिमा सहमतिबाट नेतृत्व निर्माण होस् भन्ने नै हो । आमपार्टी पंक्तिको मुड देखिएकै सकेको छ’, उनले भने, ‘यो संकटपूर्ण अवस्थामा हामीलाई केही समय केपी शर्मा ओलीको नेतृत्व चाहिन्छ ।’

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ११ : ४६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको