एमाले पोलिट्ब्युरो सदस्य रानाले राजनीतिबाट बिदा लिए  « Khabarhub

एमाले पोलिट्ब्युरो सदस्य रानाले राजनीतिबाट बिदा लिए 


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट बिदा लिएको घोषणा गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै रानाले एमालेको राजनीतिक जीवनबाट बिदा लिएको घोषणा गरेका हुन् ।

दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक संविधानसभा सदस्य हुँदा उनी पाल्पाबाट उनी प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। भूमिसुधार तथा ब्यवस्था मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका उनले पारिवारिक कारणले सक्रिय राजनीति छाडेको बताएका छन् । 

‘मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था नभएकोले काठमडौंमा हुने एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १२ : १७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन