चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने « Khabarhub

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको छ । 

५ धाम मध्यको एक देवघाट धामलाई देवघाट क्षेत्र विकास समितिले चितवन नवलपरासी र तनहुँका तीन वटा पालिकाहरूको समन्वयमा प्लास्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो ।

देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक संस्थाले प्राविधिक सहयोग गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डाक्टर ईश्वरीराज लौडारीले बताए  । 

उनले पवित्र तीर्थस्थललाई प्रदूषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिने गरी देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको बताए ।

देशका खोलानदीहरु प्रदूषणको चपेटामा पर्दै गएको अवस्थामा देवघाट धाम पनि आगामी दिनमा प्रदूषण हुनसक्ने देखिएकाले भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाँउ विकास समितिको समन्वयमा देवघाटलाई  छिट्टै प्लास्टिक मुक्त क्षेत्र घोषणा उनले बताए । 

सहमति संस्थाका अध्यक्ष होमनाथ सुबेदीले सहमतिले नदी सँगै हामी अभियान अन्तर्गत नारायणी नदी संरक्षणको काम गर्दै आइरहेको र देवघाट नेपाल कै महत्त्वपूर्ण तीर्थस्थल भएको कारण प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको बताए । 

देवघाटलाई प्लास्टिक मुक्त क्षेत्र घोषणाको फोहोर सङ्कलन स्थल, सार्वजनिक शौचालय निर्माण, खानेपानी  सुविधा लगायतका पूर्वाधार निर्माणका काम समेत भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : १९ बजे

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै