ओलीलाई पाण्डेले भने- अनावश्यक बखेडा गर्नुस्, नेतृत्व फेरिनै पर्छ « Khabarhub

ओलीलाई पाण्डेले भने- अनावश्यक बखेडा गर्नुस्, नेतृत्व फेरिनै पर्छ


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रित युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गरेका हुन् ।

पार्टीभित्र स्वस्थ बहसबाट दुई कार्यकालको विषयलाई टुङ्गो लगाउनुपर्ने उनले बताए । 

उनले अव युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए  ।

देश र पार्टी संकटमा रहेकाले नयाँ ढंगले समाधान गर्न पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताइ ।

उनले महाधिवेशनमा सूचना टाँस गरेर नेता चयन गर्ने परिपाटीलाई अन्त्य गर्दै लोकतान्त्रिक विधिद्वारा कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ०१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन