ओलीलाई पाण्डेले भने- अनावश्यक बखेडा गर्नुस्, नेतृत्व फेरिनै पर्छ « Khabarhub

ओलीलाई पाण्डेले भने- अनावश्यक बखेडा गर्नुस्, नेतृत्व फेरिनै पर्छ


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रित युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गरेका हुन् ।

पार्टीभित्र स्वस्थ बहसबाट दुई कार्यकालको विषयलाई टुङ्गो लगाउनुपर्ने उनले बताए । 

उनले अव युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए  ।

देश र पार्टी संकटमा रहेकाले नयाँ ढंगले समाधान गर्न पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताइ ।

उनले महाधिवेशनमा सूचना टाँस गरेर नेता चयन गर्ने परिपाटीलाई अन्त्य गर्दै लोकतान्त्रिक विधिद्वारा कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ०१ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री