झापा क्षेत्र नम्बर ३ बाट कृष्ण सिटौला पुत्र श्याम कांग्रेस उम्मेदवारमा सिफारिस « Khabarhub

झापा क्षेत्र नम्बर ३ बाट कृष्ण सिटौला पुत्र श्याम कांग्रेस उम्मेदवारमा सिफारिस


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तरुण दलका केन्द्रीय सदस्य श्यामप्रसाद सिटौला झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको रूपमा सिफारिस भएका छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्यामलाई अगाडि सारेको हो।

यो क्षेत्रमा २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जितेका छन्। यहाँ कांग्रेस नेता कृष्णप्रसाद सिटौला हारेका थिए ।

यस्तै २०७४ को निर्वाचनमा पनि लिङदेनले नै जितेका थिए। दुवै निर्वाचनमा यहाँ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन थियो ।

यस पटक राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौला रहेकाले छोरा श्यामलाई अगाडि सारिएको हो ।

जिल्लाबाट सर्वसम्मत सिफारिस भएको भनिए पनि श्यामको नाममा झापा कांग्रेसमा विवाद पनि छ । निर्वाचन क्षेत्रमा भने सिटौलाले छोरालाई प्रतिनिधिसभामा उम्मेदवार बनाउन लागेको भन्दै कांग्रेस कार्यकर्ता बिच्किएका छन् ।

सिटौलालाई इमान्दार नेता तथा जेन-जीको माग अनुरूप युवा उम्मेदवार बनाएर अगाडि सारिएको बताए पनि केहीले असन्तुष्टि जनाएका छन्।

तत्कालीन एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा इलाम २ मा उनका छोरा सुहाङ नेम्बाङले जितेका थिए । एमाले युवा नेता नेम्बाङ उपनिर्वाचन जितेर प्रतिनिधिसभाका सांसद बनेका थिए।

पार्टीमा इमान्दार कार्यकर्ताका रूपमा चिनिएका सिटौला पेशाले इन्जिनियर हुन्। उनी पार्टीको १२ औँ महाधिवेशनमै प्रतिनिधि चुनिएका थिए।

४० वर्ष मुनिका युवा समूहमा रहेका सिटौला स्थानीय संघ संस्था र विभिन्न सामाजिक गतिविधिमा सक्रिय छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ५ : २४ बजे

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस