जेन-जीसहित भक्तपुरबासीलाई एमाले महाधिवेशन उद्घाटनमा आउन निम्तो « Khabarhub

जेन-जीसहित भक्तपुरबासीलाई एमाले महाधिवेशन उद्घाटनमा आउन निम्तो


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले पार्टीको शनिबार सल्लाघारीमा उद्घाटन हुने ११औँ राष्ट्रिय महाधिवेशनमा उपस्थितिका लागि सार्वजनिक अपील गरेको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपील गरेको हो ।

पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल बढेको बताइएको छ।

एमाले भक्तपुर जिल्ला कमिटीले शुक्रबार सार्वजनिक अपील जारी गर्दै जिल्लावासी, राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवायुवती तथा जेन–जी पुस्तासमेत उद्घाटन समारोहमा सहभागी भइ कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।

जिल्ला कमिटी अध्यक्ष बचन देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’का रूपमा साथ दिने विश्वास गरेका छन् ।

देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ।

विशेष गरी पूर्वतर्फ जगातदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि सुरक्षा निकायसँगको समन्वयमा चाप घटाउने गरी आवश्यक तयारी भइरहे पनि उद्घाटन सत्र सकिनुअघि अत्यावश्यकबाहेक निजी सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न अपील गरिएको छ।

शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाइदिन पनि अपील गरिएको छ।

महाधिवेशन स्थलतर्फ चारैतिरबाट आउनेको लाइन मिलाउन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताइएको छ।

अध्यक्ष देउजाले भक्तपुरमा निर्माण गरिएको मुख्य स्टेज परम्परागत कला, संस्कृति, भेसभूषा र सम्पदा झल्किने गरी तयार पारिएको जानकारी दिए ।

यसले भक्तपुरको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास उनले जनाए । कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबै क्षेत्रका नागरिकले सहयोग गर्ने अपेक्षा एमालेले गरेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : ०० बजे

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस प्रवक्ता चालिसे

पाटन– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर

त्रिवि क्रिकेट मैदान नहटाइने, सरकारका प्रवक्ताले भने : नयाँ रूपमा सम्झौता नवीकरण हुन्छ

काठमाडौं- गत वर्षमात्रै करिब ४५ करोड रुपैयाँ खर्चिएर विस्तार गरिएको

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त नियुक्त

काठमाडौं– सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त

कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत

काठमाडौं– नेपाली कांग्रेसले संसद्को सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको

पछिल्लो २४ घण्टामा विपदका घटनामा परी १० जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परी