वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, के-के गरे निर्णय « Khabarhub

वनमन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, के-के गरे निर्णय


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागतदेखि चुनाव गर्नेसम्मका सरकारका म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन्  ।

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताएका छन् ।

उनले मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न कमिटी बनाएर अघि बढ्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।

त्यस्तै मन्त्री चौलागाईंले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको घोषणा भइसकेको अवस्थामा छिटै कार्यालय बनाएर निकुञ्ज सञ्चालन गरिने बताए । 

वन तथा वातावरणको क्षेत्रमा पर्ने वन संरक्षण, जलवायु परिवर्तन लगायतका मुद्दालाई छिटो समयमा स्थापित गर्ने उनको भनाइ छ । 

उनले सरकारले तोकेको निर्वाचन सफल पार्न पनि भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : ०९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन