एमाले प्रतिनिधिहरूलाई ‘सूर्य’ मोबाइल एप्समै डिजिटल कार्ड « Khabarhub

एमाले प्रतिनिधिहरूलाई ‘सूर्य’ मोबाइल एप्समै डिजिटल कार्ड


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिलाई मोबाइल एप्लिकेशन्समै डिजिटल कार्ड उपलब्ध गराएको छ।

महाधिवेशनमा आएका प्रतिनिहरूलाई पहिले सूर्य एप्समा डिजिटल कार्ड पठाएर मात्रै परिचय पत्रको डोरी र झोला उपलब्ध गराउन थालेको हो।

सबै प्रतिनिधि कार्ड तयार भइसकेपछि सम्बन्धित प्रदेश कमिटीका अध्यक्ष वा सचिवमार्फत् बुझाउने प्रक्रिया जारी रहेको केन्द्रीय संगठन विभागले जानकारी दिएको छ। 

संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार प्रतिनिधिहरूले आफ्नो प्रदेश नेतृत्वसँग सम्पर्क गरी कार्ड लिन पाउनेछन् । वितरण हुन बाँकी कार्ड समेत शुक्रबार नै उपलब्ध गराइने बताइएको छ।

ढुंगेलले सबै प्रतिनिधिहरूको विवरण ‘अनलाइन अपडेट’ भइसकेको जानकारी दिएका छन् । ‘सूर्य एप्स’मा डिजिटल कार्ड पुगेकोले जाँच गर्न उनले आग्रह गरेका छन् ।

‘सूर्य एप्स खोल्नुहोस्, यहाँहरूको डिजिटल प्रतिनिधि कार्ड उपलब्ध भइसकेको छ, कुनै समस्या आएमा तुरुन्त सम्पर्क गरिदिनुहोला’, उनले प्रतिनिधिलाई भने ।

प्रतिनिधिहरूका लागि आवश्यक डोरी र ब्याग च्यासलस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध गराइने संगठन विभागले जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन