एमाले प्रतिनिधिहरूलाई ‘सूर्य’ मोबाइल एप्समै डिजिटल कार्ड « Khabarhub

एमाले प्रतिनिधिहरूलाई ‘सूर्य’ मोबाइल एप्समै डिजिटल कार्ड


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिलाई मोबाइल एप्लिकेशन्समै डिजिटल कार्ड उपलब्ध गराएको छ।

महाधिवेशनमा आएका प्रतिनिहरूलाई पहिले सूर्य एप्समा डिजिटल कार्ड पठाएर मात्रै परिचय पत्रको डोरी र झोला उपलब्ध गराउन थालेको हो।

सबै प्रतिनिधि कार्ड तयार भइसकेपछि सम्बन्धित प्रदेश कमिटीका अध्यक्ष वा सचिवमार्फत् बुझाउने प्रक्रिया जारी रहेको केन्द्रीय संगठन विभागले जानकारी दिएको छ। 

संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार प्रतिनिधिहरूले आफ्नो प्रदेश नेतृत्वसँग सम्पर्क गरी कार्ड लिन पाउनेछन् । वितरण हुन बाँकी कार्ड समेत शुक्रबार नै उपलब्ध गराइने बताइएको छ।

ढुंगेलले सबै प्रतिनिधिहरूको विवरण ‘अनलाइन अपडेट’ भइसकेको जानकारी दिएका छन् । ‘सूर्य एप्स’मा डिजिटल कार्ड पुगेकोले जाँच गर्न उनले आग्रह गरेका छन् ।

‘सूर्य एप्स खोल्नुहोस्, यहाँहरूको डिजिटल प्रतिनिधि कार्ड उपलब्ध भइसकेको छ, कुनै समस्या आएमा तुरुन्त सम्पर्क गरिदिनुहोला’, उनले प्रतिनिधिलाई भने ।

प्रतिनिधिहरूका लागि आवश्यक डोरी र ब्याग च्यासलस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध गराइने संगठन विभागले जनाएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : १५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री