नवनियुक्त श्रममन्त्रीले भने- कार्यकाल छोटो छ, समय खेर नफाली काम गर्छु « Khabarhub

नवनियुक्त श्रममन्त्रीले भने- कार्यकाल छोटो छ, समय खेर नफाली काम गर्छु


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम रोजगार क्षेत्रमा देखिएका संगठित जालोलाई तोड्न प्रयास गर्ने बताएका छन् । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेपश्चात् सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले आफू पूर्व प्रहरी कर्मचारी भएकाले सम्पूर्ण अनुभवका आधारमा श्रम रोजगार क्षेत्रमा देखिएका संगठित जालोलाई तोड्न प्रयास गर्ने बताएका हुन् ।

श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई गठन गरेर अघि बढ्ने उनले बताए । 

उनले आफ्नो कार्यकाल छोटो रहेकाले समय खेर नफाली काम गर्ने उल्लेख गरे । 

जेन–जी आन्दोलनमा युवाका साथै प्रहरी समेत प्रभावित भएकाले दुई पक्षमा भएको पीडा र क्षतिलाई ध्यान दिएर काम गर्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले हरेक प्रहरी दमनकारी नहुने र हरेक जेन-जी विध्वंसकारी नहुने भनेर महसुस गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : १६ बजे

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह

गणेश नेपालीको आत्मदाह राष्ट्रिय लज्जा : कुलमान घिसिङ

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राहदानी विभाग अगाडि

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको