हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ « Khabarhub

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

आज बाराको सिमराबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेशको ०३–०३१ प ६९९० नं को मोटर साइकलसहित दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अवैध लागूऔषधको कारोबारमा संकलन रहेको अभियोगमा पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी २१ वर्षीय शिव पासवान र सोही स्थानका २३ वर्षीय निरज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजुप्रसाद कुर्मीले जानकारी दिए । 

‘निजहरूले जुत्ताको भित्रपट्टी राखी ल्याएको अवैध खैरो हिरोइन १६० मिलीग्रामसहित पक्राउ गरी अनुसन्धान थालिएको छ’, उनले भने ।

निजहरूले सवारीका रूपमा प्रयोग गरेका मधेश प्रदेशको ०३–०३१ प ६९९० नं को मोटरसाइकललाई पनि रातोमाटे प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कक्षले जनाएको छ । 

यसैगरी लागूऔषध खैरो हिरोइनको कारोबार गर्न वीरगञ्जबाट हेटौँडा बजारतर्फ आएका एक जनालाई स्थानीय सानोपोखराका प्रहरीले आज पक्राउ गरेका सूचना अधिकारी कुर्मीले बताए । 

हेटौँडा उपमहानगरपालिका–९ त्रिवेणीमा डेरा लिई बस्ने २२ वर्षीय सुमित थापाको साथबाट खैरो हिरोइन चार ग्राम २७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

निजले प्रयोग गरिएको ना २३ प ४३४ नं को मोटरसाइकललाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : ४६ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार