प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस दार्चुलाले जिल्लाबाट दिलेन्द्रप्रसाद बडूको नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल रूपमा सिफारिस गरेको हो ।

कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराका अनुसार समानुपातिकतर्फ करविरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रियसभाका लागि पुरुषतर्फ महादेव बडू, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त, महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की, देउमा लोथ्यालको नाम सिफारिस गरिएको छ ।

विसं २०७९ मा भएको निर्वाचनमा बडूले दार्चुलाबाट प्रत्यक्ष जित हासिल गरेका थिए । उनले उक्त निर्वाचनमा एमालेका गणेश सिंह ठगुन्नालाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ३१ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले