प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस दार्चुलाले जिल्लाबाट दिलेन्द्रप्रसाद बडूको नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल रूपमा सिफारिस गरेको हो ।

कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराका अनुसार समानुपातिकतर्फ करविरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रियसभाका लागि पुरुषतर्फ महादेव बडू, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त, महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की, देउमा लोथ्यालको नाम सिफारिस गरिएको छ ।

विसं २०७९ मा भएको निर्वाचनमा बडूले दार्चुलाबाट प्रत्यक्ष जित हासिल गरेका थिए । उनले उक्त निर्वाचनमा एमालेका गणेश सिंह ठगुन्नालाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १० : ३१ बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र