एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद « Khabarhub

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय बैठकले विधान संशोधन नगर्ने निर्णय गरेको छ।

गत भदौ २०–२२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसार नै नयाँ नेतृत्व चयन हुने भएको छ।

यससँगै पार्टीभित्र नयाँ बहस सुरु भएको छ, किनकि केन्द्रीय कमिटीको आकारमा ठूलो कटौती हुने पक्का भएको छ।

विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार ३५४/३५५ बाट घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। यसमा पदाधिकारी (सचिवालय) १५ सदस्यीय हुने र स्थायी कमिटीको व्यवस्था नै हटाइएको छ।

स्वतः १०० भन्दा बढी वर्तमान केन्द्रीय नेताहरूले पद गुमाउने अवस्था आएको छ।

अवकास पाउने अनुमानित नेताहरू
वर्तमान केन्द्रीय कमिटी: ३५४ जना
नयाँ केन्द्रीय कमिटी: २५१ जना
कुल कटौती: करिब १०३ जना
यसमध्ये: केन्द्रीय सचिवालय (पदाधिकारी):
→ हाल १९ जना
→ नयाँ कायम १५ जना
→ ४ जना अवकासमा

स्थायी कमिटी: हाल २७ जना (सचिवालयबाहेक) → नयाँ विधानमा स्थायी कमिटी नै हटाइएकोले यी सबैले पोलिटब्यूरो, केन्द्रीय सदस्य वा अवकासमध्ये एक रोज्नुपर्ने छ।

सचिवालय र स्थायी कमिटीबाहेकका केन्द्रीय सदस्य: ७२ जना

नयाँ कमिटीमा नअट्ने सम्भावना उच्च
सचिवालय बैठकले विधान संशोधनको कुनै प्रस्ताव अघि नबढाउने निर्णय गरेसँगै पूर्वजिम्मेवारीमा रहेका धेरै नेताले अवकास लिनुपर्ने निश्चित भएको छ।

यसअघि महाधिवेशनअघि विधान फेरबदल गरेर कमिटी आकार बढाउने अनुमान गरिएको थियो, तर त्यसो नहुने भएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको बन्दसत्रमा वर्तमान सचिवालय नै अध्यक्षमण्डलको रूपमा रहनेछ। बैठकले विशेष प्रस्ताव तयारीका लागि ज्ञवालीकै संयोजकत्वमा समिति गठन गरेको छ।

११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ, जसले पार्टीको आन्तरिक संरचना र शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने देखिएको छ।

पूर्वनेताहरूको अवकास र नयाँ अनुहारको प्रवेशले एमालेमा नयाँ बहस र गतिशीलता थपिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ११ : २५ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा