जेनेभामा तिब्बती समुदायको प्रदर्शन « Khabarhub

जेनेभामा तिब्बती समुदायको प्रदर्शन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- युरोपका स्विट्जरल्याण्ड र लिक्स्टेन्टाइनमा रहेका तिब्बती समुदायले प्रदर्शन गरेका छन् । तिब्बती समुदायको मानव अधिकार रक्षाका लागि उनीहरुले स्विट्जरल्याण्डको जेनेभामा प्रदर्शनको आयोजना गरेका हुन् ।

जेनेभामा रहेको संयुक्त राष्ट्रसंघ कार्यालयअघि उनीहरुले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको तिब्बतस्विस अनलाइनले जानकारी दिएको छ । प्रदर्शनकारीले तिब्बतमा सत्य निरुपण मिसन सञ्चालन गर्नुपर्ने र दलाई लामालाई शान्तिपूर्ण रुपमा तिब्बत फर्काउने पहल गनुपर्ने माग राखेका छन् ।

प्रदर्शनलाई स्विट्जरल्याण्ड र लिक्स्टेन्टाइनमा रहेका तिब्बती समुदायको संगठनका अभ्यक्ष तेन्जिन न्यिङ्बुले सम्बोधन गरेका थिए । कार्यक्रममा दलाई लामाका प्रतिनिधि ङ्गोदुप ला, युरोपेली तिब्बती संघका प्रतिनिधि, तिब्बत युवा संघ, युरोपका प्रतिनिधि तथा तिब्बती अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका अधिकारवादीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : ५७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल