जेनेभामा तिब्बती समुदायको प्रदर्शन « Khabarhub

जेनेभामा तिब्बती समुदायको प्रदर्शन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- युरोपका स्विट्जरल्याण्ड र लिक्स्टेन्टाइनमा रहेका तिब्बती समुदायले प्रदर्शन गरेका छन् । तिब्बती समुदायको मानव अधिकार रक्षाका लागि उनीहरुले स्विट्जरल्याण्डको जेनेभामा प्रदर्शनको आयोजना गरेका हुन् ।

जेनेभामा रहेको संयुक्त राष्ट्रसंघ कार्यालयअघि उनीहरुले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको तिब्बतस्विस अनलाइनले जानकारी दिएको छ । प्रदर्शनकारीले तिब्बतमा सत्य निरुपण मिसन सञ्चालन गर्नुपर्ने र दलाई लामालाई शान्तिपूर्ण रुपमा तिब्बत फर्काउने पहल गनुपर्ने माग राखेका छन् ।

प्रदर्शनलाई स्विट्जरल्याण्ड र लिक्स्टेन्टाइनमा रहेका तिब्बती समुदायको संगठनका अभ्यक्ष तेन्जिन न्यिङ्बुले सम्बोधन गरेका थिए । कार्यक्रममा दलाई लामाका प्रतिनिधि ङ्गोदुप ला, युरोपेली तिब्बती संघका प्रतिनिधि, तिब्बत युवा संघ, युरोपका प्रतिनिधि तथा तिब्बती अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका अधिकारवादीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : ५७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको