बार्सिलोनाले जित्यो सुपर कप « Khabarhub

बार्सिलोनाले जित्यो सुपर कप


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

रियाद – बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरेबियामा भएको खेलमा पछि परेको बार्सिलोनाले उत्कृष्ट कम ब्याक गर्दै खेल ५-२ ले आफ्नो पक्षमा पारेको हो ।

पाँचौँ मिनेटमा नै केलिएन एम्बाप्पेले एकल प्रयासमा सानदार गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा रोबर्ड लेडवास्कीले उपलब्ध गराएको बललाई उपयोग गर्दै लामिन यमालले बराबरी गोल गरेका थिए ।

पहिलो हाफमा नै थप तीन गोल गर्दै बार्सिलोनाले खेललाई आफ्नो पक्षमा पारेको हो । ३६ औँ मिनेटमा जाभीलाई लडाएपछि पाएको पेनाल्टीलाई उपयोग गर्दै लेडवास्कीले गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै राफिन्हाले गोल गरे ।

ब्राजिलियन खेलाडी राफिन्हाले पहिलो हाफमा थपिएको इन्जुरी समयको १० औँ मिनेटमा दिएको पासमा अलेजान्द्रो बाल्डेले गोल गरे । दोस्रो हाफको तेस्रो मिनेटमा ती नै राफिन्हाले गोल गरे ।

५६ औँ मिनेटमा एम्बाप्पेलाई फल गरेका कारण बार्सिलोनाका गोलरक्षक स्केज्नीले रातो कार्ड पाएका थिए । त्यसको चार मिनेटपछि ब्राजिलियन फरवार्ड रोड्रिगोले प्रहार गरेको घुमाउरो फ्रिकिक बार्सिलोनाका गोलरक्षक इनाको पेनालाई पार गर्दै गोलमा परिणत भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ०९ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस