बार्सिलोनाले जित्यो सुपर कप « Khabarhub

बार्सिलोनाले जित्यो सुपर कप


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

रियाद – बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरेबियामा भएको खेलमा पछि परेको बार्सिलोनाले उत्कृष्ट कम ब्याक गर्दै खेल ५-२ ले आफ्नो पक्षमा पारेको हो ।

पाँचौँ मिनेटमा नै केलिएन एम्बाप्पेले एकल प्रयासमा सानदार गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा रोबर्ड लेडवास्कीले उपलब्ध गराएको बललाई उपयोग गर्दै लामिन यमालले बराबरी गोल गरेका थिए ।

पहिलो हाफमा नै थप तीन गोल गर्दै बार्सिलोनाले खेललाई आफ्नो पक्षमा पारेको हो । ३६ औँ मिनेटमा जाभीलाई लडाएपछि पाएको पेनाल्टीलाई उपयोग गर्दै लेडवास्कीले गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै राफिन्हाले गोल गरे ।

ब्राजिलियन खेलाडी राफिन्हाले पहिलो हाफमा थपिएको इन्जुरी समयको १० औँ मिनेटमा दिएको पासमा अलेजान्द्रो बाल्डेले गोल गरे । दोस्रो हाफको तेस्रो मिनेटमा ती नै राफिन्हाले गोल गरे ।

५६ औँ मिनेटमा एम्बाप्पेलाई फल गरेका कारण बार्सिलोनाका गोलरक्षक स्केज्नीले रातो कार्ड पाएका थिए । त्यसको चार मिनेटपछि ब्राजिलियन फरवार्ड रोड्रिगोले प्रहार गरेको घुमाउरो फ्रिकिक बार्सिलोनाका गोलरक्षक इनाको पेनालाई पार गर्दै गोलमा परिणत भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ०९ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी