विलासी ल्यान्ड क्रुजरबारे विराज भन्छन्– घरमा नयाँ कलाकार थपिएकाले किन्नुपर्‍यो « Khabarhub

विलासी ल्यान्ड क्रुजरबारे विराज भन्छन्– घरमा नयाँ कलाकार थपिएकाले किन्नुपर्‍यो


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेला बेला नेपाली सेलिब्रिटीका सामान्य कुरा पनि चर्चामा आउँछन् । उनीहरूको प्रेम, विवाह र पहिरन जस्ता व्यक्तिगत कुराले पनि दर्शक र फ्यान बृत्तको माहोल तताउँछ ।

यसको पछिल्लो उदाहरण हुन्- नायक बुवा-छोरा विराज भट्ट र समीर । गत दसैँमा फिल्म ‘१२ गाउँ’ प्रदर्शनमा आएर बक्स अफिसमा सफल बन्यो । उक्त बेला विराज फिल्मकै कारण चर्चामा आए । त्यही फिल्मबाट विराजले आफ्ना छोरा समीरलाई डेब्यू गराएका थिए ।

पहिल्यै फिल्मबाट समीर स्थापित नायकमा गनिन थालेका छन् । उनी अहिले सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को छायाङ्कामा छन् ।

अहिले अभिनेता विराज भट्ट र समीर पुन चर्चामा छन् । कारण हो- विराजले भर्खरै ३ करोड बढी पर्ने ल्यान्ड क्रुजर कार किने । उक्त विसाली कार उनले ‘छोरालाई उपहार दिन किनेका हुन्’ भन्दा चर्चा भइरहेको छ ।

विराज भने पूर्वनिर्धारित योजनाअनुरुप नै कार किनेको बताउँछन् । खबरहबसँग उनले भने, ‘गाडीको आवश्यका पहिल्यै महसुस भएको थियो । अहिले संयोग जुर्‍यो ।’

‘छोरा (समीर)लाई उपहार दिन किन्नु भएको भन्ने चर्चा छ नि ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘घरमा नयाँ कलाकार जन्म भएपछि गाडीको थप महसुस चाहिँ भएको हो ।’

यद्यपि समीरको व्यक्तिगत प्रयोगका लागि मात्रै गाडी नकिनेको उनी बताउँछन् । भन्छन्, ‘घरमा गाडी आएको हो । त्यो आवश्यकता अनुसार सबैले प्रयोग गरिन्छ ।’

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : ५४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री