मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन « Khabarhub

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका भ्रमणको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा फैलाइएका अफवाह, अनर्गल आरोपप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका हुन् ।

मन्त्री गुप्ताले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा नक्कली निम्तो, दलबलसहित विदेश यात्रा, राज्यको ढुकुटी तथा जनताको पैसाको दुरुपयोग, मानव तस्करीजस्ता गम्भीर आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् ।

‘राजनीतिमा आएपछि आलोचना सहनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ, त्यसैले केही समय मौन बसेँ,’ मन्त्री गुप्ताले उल्लेख गरेका छन्, ‘अनर्गल आरोप, तथ्य नजाँचीकन तोडमोड गरेर फैलाइने समाचारले समाज र देशको भलो गर्दैन।’

लोकतन्त्र र वाक स्वतन्त्रताको मर्म आलोचनात्मक चेतना र जवाफदेहिताको खोजीमा रहेको भन्दै उनले अपुष्ट, नियतवश फैलाइने आरोपहरू कुरूप र अनैतिक हुने बताएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ०२ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ