विद्यालयको अङ्ग्रेजी नाम नेपाली राख्ने महानगरको अभियान असफल « Khabarhub

विद्यालयको अङ्ग्रेजी नाम नेपाली राख्ने महानगरको अभियान असफल


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको अङ्ग्रेजी विद्यालयको नाम ‘नेपाली नामाङकरण’ गर्ने अभियान असफल भएको छ । गत वर्ष २०८० चैत १५ गते विज्ञप्ति जारी गर्दै महानगरले नाम परिवर्तन गर्न आह्वान गरेको थियो । 

तर वर्ष दिन पुग्न लाग्दापनि विद्यालयहरूले नेपाली नामाङकरण गरेका छैनन् । महानगरपालिकाका शिक्षा विभागका अधिकृत नेत्र नारायण पौडेलले हालसम्म १२५ विद्यालयले नेपाली नाम राख्ने प्रतिबद्धता गरेको बताए । तर प्रतिबद्धता जनाएपनि विद्यालयहरूले नामाङकरण भने गरिसकेका छैनन् । 

खबरहबसँग कुरा गर्दै पौडेल भन्छन्, ‘धेरै विद्यालयहरूले महानगरको प्रस्तावलाई निकै धेरै प्रशंसायोग्य भएको बताउनुभएको छ । केही विद्यालयले आनाकानी गरेपनि बिस्तारै उहाँहरू पनि सहमतिमा आउनुहुन्छ । नामा करणको अभियान प्रक्रियामै छ ।’

‘महानगरले सय प्रतिशत अङ्ग्रेजी विद्यालयको नाम नेपालीकरण गर्ने भन्ने हो । स्वच्छले नामाङकरण परिवर्तन गरिरहेका छन् । नाम परिवर्तन गरेर पठाइरहनु भएको छ, उनी थप्छन्,  ‘धेरैले यो कुरालाई राम्रो पनि मानिराख्नुभए पनि केहीले अहिले पनि अटेर गरिराख्नुभएको छ । ’

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । तर महानगरपालिकाभित्रका अधिकांश संस्थागत विद्यालयको नाम उक्त व्यवस्था प्रतिकूल रहेको महानगरपालिकाले जनाएको छ ।

विभागका अनुसार महानगरपालिकाभित्र अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित संस्थागत विद्यालयको सङ्ख्या ३२५ वटा रहेको छ । त्यस्तै, नाम परिवर्तन गर्न बाध्य पारेपछि विद्यालयहरूले हाल तिर्दै आएको ५० हजार राजस्वमा छुट माग्दै आइरहेका छन् । तर महानगरले राजस्व दस्तुर छुट दिने वा नदिने भन्ने विषयमा कुनै निर्णय सुनाएको  छैन । 

महानगरले सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र मौलिक नामकरण गर्ने प्रक्रिया अगाडि नबढाए नयाँ शैक्षिक सत्रमा भर्ना प्रक्रिया अघि बढाउनसमेत रोक लगाइने महानगरपालिकाले जनाएको थियो । 

सम्बन्धित संस्थागत विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्रमा विभागमा निवेदन दिनुपर्ने जनाएको थियो । 

साथै महानगरको निर्देशनको अवज्ञा गरेमा शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार कारबाही गरिने ब्यहोरा उल्लेख थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : ४२ बजे

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक