आइजीसी बैठक : भारतबाट गहुँकाे आपूर्ति खुल्यो, रेल विस्तार, विद्युतीकरण र कनेक्टिभिटीमा सहमति | Khabarhub Khabarhub

आइजीसी बैठक : भारतबाट गहुँकाे आपूर्ति खुल्यो, रेल विस्तार, विद्युतीकरण र कनेक्टिभिटीमा सहमति


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले दुई लाख मेट्रिक टन गहुँ आपूर्तिका लागि नेपालले गरेको अनुरोध स्वीकारेको छ । नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तर-सरकारी समिति (आइजीसी) को पुस २६ र २७ गते बसेको बैठकमा उक्त प्रस्ताव स्वीकृत भएको हो ।

नेपाली पक्षको आग्रहमा भारतीय पक्षले फूलबारी (भारत) रुट हुँदै काँकडभिट्टा (नेपाल)-बङ्गलाबन्ध (बङ्गलादेश) मा कार्गो-इन-ट्रान्जिटको हकमा सडक परिवहन तथा राजमार्ग मन्त्रालयको प्रचलित नियमावलीअनुसार दुई एक्सल सवारीसाधनका लागि अधिकतम एक्सल तौल १८.५ टन र तीन एक्सेल सवारीसाधनका लागि २८ टनको एक्सल तौल नेपाली सवारीसाधनका हकमा पनि लागू गर्न सहमति दिएको छ।

नेपाली पक्षको आग्रहमा प्रतिक्रिया दिँदै भारतीय पक्षले भारतको प्लान्ट क्वारेन्टिन अर्डरमा सालको बीउ र इस्कुसलाई समावेश गरिएको जानकारी गराएको थियो ।

प्रशोधित वस्तु (वनस्पति पैदावर) को सूचीमा जटामसी-जरा एक्सट्र्याक्ट, सुगन्धको किला बेरी एक्सट्र्याक्ट, सुगन्धवाल राइजोम (मोटो जरा) एक्सट्र्याक्ट र टिमुर बेरी एक्सट्र्याक्टलाई समावेश गर्ने अनुरोधलाई पनि स्वीकार गरिएको छ ।

भारतीय पक्षको अनुरोधमा, नेपाली पक्षले आफ्नो प्राविधिक प्रणालीमा इपाक्युइ २८ जस्ता उत्पादनको पुनर्वर्गीकरणसम्बन्धी कागजातहरुको समीक्षा गर्न आफू सकारात्मक रहेको जनाएको थियो ।

भारतीय पक्षले नेपालतर्फ दूध निर्यातमा देखिएका समस्याबारे जानकारी गराएको थियो । नेपालमा पर्याप्त मात्रामा उत्पादन नहुने मोही, चीजलगायत दुग्धजन्य पदार्थका लागि भारतीय पक्षको अनुरोधलाई नेपाली पक्षले सकारात्मक तवरले विचार गर्ने सहमति जनाएको छ ।

बैठकले नयाँ एकीकृत जाँच चौकी र रेलवे लिङ्कको निर्माणलगायत अन्यमार्फत भारत-नेपालबीच निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई सुदृढ पार्ने उद्देश्यका साथ लिइएका द्विपक्षीय पहलहरूको स्वागत गरेको छ ।

दुवै पक्षले समृद्ध द्विपक्षीय व्यापारको साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै द्विपक्षीय कनेक्टिभिटीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल र दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सँग अनलाइनको स्वीकृतिबारे छलफलका लागि दुवै पक्षले संयुक्त कार्यदल गठन गर्न सहमति जनाएका छन् ।

अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी सह-सचिवस्तरीय अन्तर-सरकारी उपसमिति (आइजिएससी) बैठक गत वर्ष पुस २७ देखि २८ गतेसम्म काठमाडौँमा भएको थियो ।

भारतीय उद्योग परिसंक (सीआइआई) र नेपाली उद्योग वाणिज्य महासंघले यही २७ गते बैठकको साइडलाइनमा संयुक्त व्यापार मञ्चको दोस्रो संस्करणको आयोजना गरेको थियो ।

यसको सह-अध्यक्षता भारतीय आयल निगमका निर्देशक (पाइपलाइन, योजना र व्यवसाय विकास) एन सेन्थल कुमार र नेपाल लगानी बोर्डकी सदस्य भवानी राणाले गरेका थिए ।

संयुक्त व्यापार मञ्चले दुवै पक्षका व्यवसायलाई द्विपक्षीय व्यापार र लगानीका सन्दर्भमा व्यापारमा सहजता सुधार गर्न आफ्ना सुझाव प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
बैठकमा नेपालका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले गरेका थिए ।

त्यसैगरी, काठमाडौंस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको वाणिज्य मन्त्रालयका वाणिज्य सचिव सुनिल बर्थवालले गरेका थिए ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ पार्ने उद्देश्य रहेको उक्त द्विपक्षीय संयन्त्र आईजीसीको बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धको समस्त क्षेत्रको विस्तृत समीक्षा गरेको थियो । दुवै पक्षले पारस्परिक बजार पहुँचका मुद्दाहरू, आइपिआर र करसम्बन्धी विषयहरुको समीक्षा गरेका थिए ।

एजेन्डामा रक्सौल-वीरगञ्ज रेल लाइनको विद्युतीकरणसहित पारवहन सन्धि र व्यापार सन्धिको समीक्षा, विद्यमान सम्झौतामा प्रस्तावित संशोधन, मापदण्डहरूको समन्वय तथा व्यापार पूर्वाधारको क्रमिक विकाससम्बन्धी छलफल भयो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ३९ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका