प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

यसका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिने छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद् विघटन दुबै असंवैधानिक कदम रहेको दाबीसहित सर्वोच्चमा अधिवक्ता डा. प्रेमराज सिलवाल, युवराज सफललगायतबाट १६ वटा रिट दर्ता भएका छन् ।

जेनजी आन्दोलनका क्रममा देशभरका अदालतमा तोडफोड र आगजनीपछि  बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका काम स्थगित भएको न्यायाधीशहरूको पूर्ण बैठकले असोज २८ गतेदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुला गरेपछि संसद प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता भएका हुन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको सिफारिसमा गत भदौ २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ३४ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर