जापानमा शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी चेतावनी « Khabarhub

जापानमा शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी चेतावनी


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापामा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरिसकेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै राति ९ बजेर १९ मिनेटमा भूकम्प गएपछि एक मिटर (तीन फिट) सम्मको सुनामीको छाल आउनसक्ने जनाएकोछ ।

अमेरिकी भूगर्भ विभागले यो भूकम्पबारे सुरुवाती अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गरेको छ। तर उसले भूकम्पबाट सुनामीको खतरा नभएको जनाएको छ ।

तर पनि जेएमएले जनतालाई तटीय क्षेबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।’  रासस, एएफपी 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ५१ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र