गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते « Khabarhub

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई जिल्ला अस्पताल गुल्मीमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको सिमलटारी फुलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप गुल्मी–प्युठान सीमामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गौमुखी प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । यहाँ माघे सक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ् । सोही मेलाका लागि जाँदै गरेका तीर्थयात्रीहरु सवार जिप दुर्घटना भएको हो ।

जिपमा सवार सबै यात्रु घाइते भएका छन्, जसमध्ये अधिकांश महिला रहेका छन्। मदाने गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशील चन्द्रका अनुसार घाइतेहरूमध्ये अधिकांशको अग्लुङ स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : ३५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ