गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते « Khabarhub

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई जिल्ला अस्पताल गुल्मीमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको सिमलटारी फुलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप गुल्मी–प्युठान सीमामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गौमुखी प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । यहाँ माघे सक्रान्तिमा विशेष मेला लाग्ने गर्दछ् । सोही मेलाका लागि जाँदै गरेका तीर्थयात्रीहरु सवार जिप दुर्घटना भएको हो ।

जिपमा सवार सबै यात्रु घाइते भएका छन्, जसमध्ये अधिकांश महिला रहेका छन्। मदाने गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशील चन्द्रका अनुसार घाइतेहरूमध्ये अधिकांशको अग्लुङ स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : ३५ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको