आज २०८१ साल फागुन १ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १ गते बिहीबारको राशिफल


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ। टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ। तपाईंको घरमा पाहुँना आइपुग्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दैनिक काममा अवरोध हुनेछ। मन अशान्त बन्नसक्ने जोखिम छ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ।

मिथुन : व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

कर्कट : व्यापारमा तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन्। आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ। डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग छ।

सिंह : मनमा खुशी मिल्नेछ। उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

कन्या : नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ। लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ। विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

तुला : साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमा लाभ हुने योग छ। दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ। शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ।

वृश्चिक : कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। सानो प्रयासले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ।

धनु : श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ। आध्यात्मिक अभियान्तासँगको भेटले मनमा हौसला बढ्नेछ। दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ। व्यवहार गर्दा मिहिनेतको खाँचो देखिन्छ।

मकर : आज साथीभाइसँग सहकार्य हुनेछ। आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ। स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ। धार्मिक कार्यमा मन जानेछ। भ्रमण गर्दै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ।

कुम्भ : साहसिक काम गर्ने समय आएको छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ। मध्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ।

मीन : आफन्त र सन्तानको प्रगति देखेर मन खुशी बन्नेछ। आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ०६ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार