इंग्ल्यान्डविरुद्धको शृङ्खलामा भारतको क्लिन स्विप : गिल बने प्लेयर अफ द सिरिज « Khabarhub

इंग्ल्यान्डविरुद्धको शृङ्खलामा भारतको क्लिन स्विप : गिल बने प्लेयर अफ द सिरिज


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको तीन खेलको शृङ्खला क्लिन स्वीप गरेको छ। बुधबार भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई १४२ रनले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो।

अहमदवादमा भएको दिवा र रात्रि खेलमा ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रनमा सीमित भएको थियो।

भारतका हर्षित राना, आर्शदीप सिंह, हार्दिक पाण्डे र अक्षर पट्टेलले समान २/२ विकेट हात पारे। हर्षित रानाले ५ ओभरमा ३१ रन खर्चिदा आर्सदीप सिंहले ५ ओभरमा ३३ रन दिए। यसैगरी हार्दिक पाण्डेले ५ ओभरमा ३८ रन दिँदा अक्षर पट्टेलले ६.२ ओभरमा २२ रनमात्र खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाएर ३५७ रन बनाएको थियो। भारतका लागि शुभमन गिलले १०२ बलमा ११२ रन जोडे। उनी अन्तिम खेलको प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज घोषित भए। यसैगरी, श्रेयास ऐयारले ६४ बलमा ७८, विराट कोहलीले ५५ बलमा ५२ तथा लोकेश राहुलले २९ बलमा ४० रन जोडे।

दुई खेल चार–चार विकेटले विजयी भएको भारतले अन्तिम खेलमा १४२ रनको शानदार जित निकाल्दै शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ३४ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।