रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित « Khabarhub

रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।

१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका थिए । यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका थिए । आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरे ।

समितिको मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा लीलाबहादुर खत्री, उपकोषाध्यक्ष अशोक आचार्य, उपमन्त्रीमा कृष्णप्रसाद अधिकारी विजयी भएका छन् ।

तीनजना महिला सदस्यमा जोशी इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भए । यस्तै, सदस्यमा गोपाल राई, पुस्विन खत्री र किशोर श्रेष्ठ, रामचन्द्र केसी, कर्णबहादुर बस्नेत र यामबहादुर निरौला निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : २७ बजे

साताको कार्टुन

केही दिनअघि एक प्रतिष्ठित सञ्चार माध्यमको कार्यालयको गेटमा कसैले रक्सीको

आजको मौसम पूर्वानुमान : कुन प्रदेशको मौसम कस्तो छ ?

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल