‘नगर गान’ तयार गर्दै बर्दघाट नगरपालिका « Khabarhub

‘नगर गान’ तयार गर्दै बर्दघाट नगरपालिका


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै ‘नगर गान’ बनाउने काम सुरु गरेको छ ।

आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

उनले नगरको भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक पहिचान हुने गरी नगर गान निर्माण गर्न थालिएको बताए । नगर गानको सिफारिसका लागि नगरले बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको छ ।

प्रतिष्ठानले नगर गानको मूल्याङ्कन र सिफारिसका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल तथा दुईजना सङ्गीतकार सदस्यका रूपमा रहेका छन् । संयोजक न्यौपानेका अनुसार नगर गानका लागि प्रज्ञा प्रतिष्ठानले काम अगाडि बढाएको छ ।

प्रतिष्ठानले विद्यार्थी, शिक्षक–शिक्षिका तथा अन्य सर्जकहरूलाई नगर गान निर्माणका लागि आह्वान गर्ने र उत्कृष्ट नगर गानलाई सिफारिस गर्ने न्यौपानेले बताउनुभयो । पश्चिम नवलपरासीमा रहेका सातवटा स्थानीय तहमध्ये यहाँ हालसम्म कुनैले पनि आफ्नै पालिका गान तयार गरेको छैनन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ३१ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले