घोराही–तुलसीपुर सडक विस्तारका लागि ठेक्का आह्वान « Khabarhub

घोराही–तुलसीपुर सडक विस्तारका लागि ठेक्का आह्वान


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दाङ– भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा ठेक्का भएर पनि अलपत्र परेको घोराही–तुलसीपुर सडक चारलेन विस्तारका लागि नेपाल सरकारले ठेक्का आह्वान गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै  सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले तीन अर्ब ९९ करोडको ठेक्का आह्वान गरेको हो ।

यस अघि पनि भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।

स्थलगत सर्वे एवम् लागत अनुमानको फाइल सडक विभागबाट स्वीकृत भएपछि आज ठेक्का आह्वान गरिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीले जानकारी दिए ।

ठेक्कामा आवेदन गर्ने अवधि ३० दिनको तोकिएको  छ । त्यसपछि अन्य प्रक्रिया अघि बढ्ने  इन्जिनियर बाराहीले बताए । उनका अनुसार यस सडकखण्डमा अहिले भएका दुइलेनमा सीमित पुल पनि चारलेनकै बन्ने छन् ।

निर्देशनालयका अनुसार घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब साढे २१ किलोमिटर लम्बाइमा सडक चारलेन हुनेछ । यसको चौडाइ तीस मिटर र कालोपत्रेको मोटाइ १० सेन्टिमिटर हुने छ । त्यसमा अक्सपाल प्रविधिको पिच हुने छ । ४० एमएम कङ्क्रिट र ६० एमएम पिच गरी १० सेन्टिमिटर मोटाइको कालोपत्रे हुने छ । जुन नेपालका सबै राजमार्गको स्तरको मापदण्ड अनुरूपको हो । आयोजनाको कुल अवधि ३६ महिनाको हुने छ ।

सडक स्तरोन्नतिको ठेक्का एउटै क्लस्टरको हुनेछ । नेशनल टेन्डरको प्रक्रियामा जाने यो ठेक्कामा नेपालभित्रका निर्माण व्यवसायी मात्र सहभागि हुन पाउने छन् । ठेक्कामा नेपालभित्रका निर्माण व्यवसायी मात्र सहभागि बनाउने सरकारको नीति सकारात्मक भएको नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष बलिभद्र रानाले बताए ।

सडक स्तरोन्नतिका क्रममा विद्युत पोल सार्नेदेखि रुख कटान गर्ने कार्य समेत यसै ठेक्का रकममा उल्लेख भएकाले विद्युतले पोल स्थानान्तरण गर्न ढिलासुस्ती गर्ने छैन । विद्युत कार्यालयले सम्बन्धित क्षेत्रमा प्राविधिक उपलब्ध गराएर उसको निगरानीमा आयोजनाकै पैसाले विद्युत पोल स्थानान्तरण गरिने छ ।

यस अघि भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा स्तरोन्नति हुने भनिएको सडकको लम्बाइ घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्मको थियो । यसको जम्मा लम्बाई २८ किलोमिटरको थियो तर सबै स्थानमा चारलेनमा सडक स्तरोन्नति गर्ने कार्यक्रम थिएन ।

यस अघि भारतको एक्जिम बैंकको सशर्त ऋणको करिब दुई करोड २१ लाख अमेरिकी डलरको बजेटमा सडकको स्तरोन्नति सुरु भएको भए पनि निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण तीन पटक म्याद थप हुँदा पनि सडक स्तरोन्नतिको काम हुन सकेको थिएन ।

घोराही–तुलसीपुर सडक चारलेन विस्तारका लागि नेपाल सरकारले बजेट नछुट्याएपनि नेकपा एमालेका महासचिव शंकर पोखरेलको पहलमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय मार्फत काम गर्नेगरी अर्थ मन्त्रालयले बजेट सुनिश्चि गरेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ५५ बजे

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज