आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै


१ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली जित निकाल्दै फाइल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई हराउँदै अन्तिम चारमा पुगेको थियो भने थ्रीस्टार मछिन्द्रलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यो खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार (फागुन ३ गते) हुनेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।

३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १० : ५६ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको