‘अनुकूलनको स्तरोन्नति’ विषयक कार्यशाला काठमाडौँमा  « Khabarhub

‘अनुकूलनको स्तरोन्नति’ विषयक कार्यशाला काठमाडौँमा 


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियामा स्थानीय नेतृत्वमा आधारित अनुकूलनको स्तरोन्नति र त्यसमा देखा परेका चुनौतीहरू, असल अभ्यास तथा अवसर विषयक एक कार्यशाला आज काठमाडौँमा सुरु भएको छ। 

वन तथा वातावरण मन्त्रालयको समन्वयमा द ग्लोबल सेन्टर अन एडप्टेशन डि.सि.ए.को आयोजनामा आयोजित उक्त कार्यशालाको मुख्य उद्देश्य दक्षिण एशिया क्षेत्रका स्थानीय अनुकूलन योजनासँग सम्बन्धित नीति–नियम र अभ्यासको अनुभव साटासाट गर्नु रहेको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यशालाको उद्देश्य दक्षिण एसियामा स्थानीय अनुकूलन योजनाका लागि उपलब्ध संस्थागत र आर्थिक सहायताका बारेमा सरोकारवालाहरूको बीच समान धारणाको विकास गर्नु र भविष्यमा अनुकूलन योजनाको स्तर वृद्धिका उपायहरू पत्ता लगाउनु रहेको आयोजकको भनाइ छ।

कार्यशालामा खाद्य सुरक्षा, पानीको स्रोत व्यवस्थापन, शहरी विकास, जलवायु वित्त लगायतका प्रमुख जोखिमयुक्त क्षेत्रका कार्यक्रमहरूमा चरणबद्ध छलफल हुने छ।

कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै द ग्लोबल सेन्टर अन एडप्टेशनका ग्लोबल लिड अन्जु शर्माले भनिन्,’ूयो कार्यशालाले दक्षिण एसियाली क्षेत्रका स्थानीय नेतृत्वमा आधारित अनुकूलनका उत्कृष्ट अभ्यासहरू साझा गर्ने र ती अभ्यासहरूलाई विस्तार गर्नका लागि अवसरहरू पहिचान गरी संवेदनशील समुदायलाई तत्काल सहयोग पुर्‍याउने कुरामा जोड दिनेछ ।’ू

वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले भने, ‘बढ्दो जलवायु परिवर्तनको असरलाई सामना गर्नका लागि स्थानीय अनुकूलन योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन आवश्यक छ। यस कार्यशालाले ठोस सुझावहरू तयार गर्न सक्ने विश्वास व्यक्त गर्छु’।

कार्यशालामा ‘स्थानीय अनुकूलन अभ्यासका सिकाइहरू’ नामक पुस्तकको विमोचन पनि गरिएको छ।

कार्यशालामा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरू र यस क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने छ। कार्यशाला तीन दिनसम्म चल्नेछ र यसमा स्थानीय अनुकूलन कार्यक्रमसँग सम्बन्धित आठ सेसनमा समूहगत छलफल हुनेछ, जसले नयाँ रणनीति र योजना तयार गर्नमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

दक्षिण एशिया भौगोलिक र सामाजिक(आर्थिक दृष्टिले जलवायु परिवर्तनको जोखिमका हिसाबले अत्यधिक संवेदनशील क्षेत्र हो। यहाँका तटीय क्षेत्र र कमजोर पहाडी भूगोल, उच्च जनसंख्या घनत्व, गरीबी, असमानता, र द्रुत शहरीकरण र उद्योगीकरणका कारण यो क्षेत्र विशेष ध्यान आकर्षित गर्दछ।

यस कार्यशालाले यस्ता समस्याहरूको समाधानका लागि प्रभावकारी रणनीतिहरू साझा गर्नको लागि महत्त्वपूर्ण अवसर प्रस्तुत गर्नेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १२ : ३३ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका