आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टार क्लब पराजित « Khabarhub

आहा रारा पोखरा गोल्डकपमा थ्रीस्टार क्लब पराजित


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– थ्रीस्टार क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको छ। 

पाँच पटकको च्याम्पियन रहेको थ्रीस्टार छैटौँ उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो, तर उज्बेकिस्तान क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो।

आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब ४-० गोल अन्तरले पराजित भएको हो। ब्ल्याक बुल्स एफसीका कुभोनचबेक ओलिमोभले २५औँ मिनेटमा खाता खोलेका थिए भने असिलबेक ओरिफजोनोभले ५८औँ मिनेटमा अग्रता दोब्बर बनाए। 

सात्तोरोभले ६३औँ मिनेटमा तेस्रो गोल थपे भने वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका साइदजमोद दाभलातजोनोभले ८७औँ मिनेटमा अन्तिम गोल गर्दै टोलीलाई शानदार जित दिलाए।

ब्ल्याक बुल्स एफसीले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसले बुधबार चर्च ब्वाइज क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

थ्रीस्टार र ब्ल्याक बुल्स एफसी दुवैले बाई पाएर सिधै क्वाटरफाइनलबाट प्रतियोगिता सुरू गरेका थिए। आफ्नो-आफ्नो खेल जित्दै उनीहरू सेमिफाइनलसम्म पुगेका थिए।

प्रतियोगिताको विजेताले नगद १२ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख एक हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।

यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ०९ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६