मैदामै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षकलाई दुई खेलमा प्रतिबन्ध « Khabarhub

मैदामै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षकलाई दुई खेलमा प्रतिबन्ध


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लण्डन- इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति एभर्टनसँग २-२ को बराबरीमा सकिएको खेलमा मैदानमै रातो कार्ड खाएका लिभरपुलका प्रशिक्षक आर्न स्लटलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।

एभर्टनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा बराबरी गोल गरेपछि मैदानमा तनाव भएको थियो । चारवटा रातो कार्ड प्रयोग भएको उक्त खेलमा लिभरपुलका प्रशिक्षक स्लटले मैदानमै प्रशिक्षकसँग सवाल-जवाफ गरेका थिए ।

त्यसपछि प्रिमियर लिगले आर्न स्लटलाई अबका दुई खेलमा टच लाइन प्रतिबन्ध लगाएको हो । अबका दुई खेलमा स्लटले मैदानको टच लाइनमा उत्रिएर खेलाडीलाई निर्देशन दिन पाउने छैनन् । उनलाई स्टेडियम प्रवेशमा भने प्रतिबन्ध लागेको छैन । उनले अबका दुई खेल बेन्चमै बिताउनुपर्ने भएको छ ।

स्लटलाई रेफ्रीमाथि आक्रमक रुपमा प्रस्तुत भएर बेइज्जत गर्न खोजेको र आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको छ ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका प्रशिक्षकलाई यसै सिजन लागेको प्रतिबन्ध यो पहिलो होइन । यसअघि पनि उनले टच लाइन प्रतिबन्ध भोगिसकेका छन् ।

यी डच नागरिकलाई काराबाओ कपअन्तर्गत साउथह्याप्टनविरुद्धको खेलमा पनि प्रतिबन्ध लागेको थियो । उनले यो सिजन यसअघि नै तीनवटा पहेंलो कार्ड भेटिसकेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : १४ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६